News Portal

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

रातोपोस्ट संवाददाता
५६४ पटक

काठमाडौं। नेपाल आयल निगमले ग्यास वाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजल  र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ भने हवाई इन्धन आन्तरिकतर्फ साढे चार रुपैयाँ मूल्य घटाएको छ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। वायुसेवा संचालकले कोरोनाका कारण संकटमा परेका हवाई क्षेत्रलाई महँगो इन्धनका कारण थप धरासायी भएको बताउँदै आएका थिए।

हवाई संचालकको दबाबका कारण निगमले १५ तारिखमा हवाई इन्धनको मूल्य घटाएको हो। अब उपभोक्ताले पेट्रोल लिटरको १ सय ६ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ९५ रुपैयाँमा पाउनेछन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले मूल्य घटाएको हो।

प्रतिकृया दिनुहोस्