News Portal

कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?

रातोपोस्ट संवाददाता
५३५ पटक

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, ४ लाख २२ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । १ लाख ९ हजार १ सय २ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमण १९७ देशमा फैलिएको छ । चीनको हुवावे प्रान्तस्थित वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा मंगलवार कोरोनाकै कारण अन्या ७ जनाको मृत्यु भएको छ भने ७८ नयाँ संक्रमितहरु फेला परेका छन् ।

चीनमा हिजो ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या थपिएर ३ हजार २ सय ८१ पुगेको छ । त्यस्तै, इरानमा १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७ सय ८२ र स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्