News Portal

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

रातोपोस्ट संवाददाता
५९६ पटक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।

सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश ल्याएको र राष्ट्रपतिले समेत जारी गरिसकेको सन्दर्भमा आवश्यक निर्णय लिनका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ ।

कोरोना महामारीको बेलामा सरकारले बेमौसमी बाजा बजाएको र सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको कांग्रेले जनाएको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुखद् घटना भएको उल्लेख गरेका छन् । कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलको कांग्रेसको आरोप छ ।

प्रतिकृया दिनुहोस्