रातोपोस्ट संवाददाता
काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार १ सय ५६ जनाको मृृत्यु भइसकेको छ।
त्यस्तै,कोरोना संक्रमितको संख्या १ लाख ३ सय २८ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ३९ हजार २ सय ३३ जना भने उपचारपछि निको भएका छन्।