News Portal

कोरोनाका कारण विश्वमा ३ लाख २९ हजार बढीको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए

रातोपोस्ट
११२९ पटक

काठमाडौं । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ । ५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् ।

४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९५ हजार पुगेको छ । संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको छ । बेलायतमा २ लाख ४८ हजार बढी संक्रमित मध्ये ३५ हजार ७ सय जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २७ हजार ३ सय बढी संक्रमित र ३२ हजार ३ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८१ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार १ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७९ हजार ५ सय बढी कोरोना संक्रमित मध्ये करिब २७ हजार ९ सयको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ९१ हजार ५ सय बढी संक्रमित हुंदा १८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ७८ हजार ५ सय बढी संक्रमित र ८ हजार २ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ६५ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ८ हजार ७ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ९ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ नाघ्दा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्