News Portal

असइद्वारा आफैँलाई गोली हानी आत्महत्या

नयाँ पत्रिका
८४४ पटक

काठमाडौं। महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत (प्रहरी सहायक निरीक्षक) असइ विष्णु कार्कीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । दोलखा स्थायी घर भएका उनले आइतबार बिहान डिउटीमै रहेको बेला आफुले आफैँलाई गोली हानी आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । एसएसपी ज्ञवालीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उनले आफैलाई गोली हानेर आत्महत्या गरेको खुल्न आएको छ ।’

प्रतिकृया दिनुहोस्