News Portal

संसारकै गहिरो सुन खानीमा कोरोनाका कारण काम बन्द भयो

रातोपोस्ट
९९९ पटक

काठमाडौं। कोरोना भाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो ।

एक महिना बन्द भएपछि यो खानीमा गत महिना मात्रै काम शुरु भएको थियो । कोरोना भाइरसको फैलनबाट रोक्नका लागि देशमा मार्चमा लकडाउन गरिएको थियो । त्यतिबेला देशका सबै सुन खानीमा काम बन्द भएको थियो ।

अहिले पनि जुन संक्रमित भेटिएका छन्, उनीहरुमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन । कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको थियो । स्रोतः बीबीसी

प्रतिकृया दिनुहोस्