News Portal

भारतमा सवा चार लाख कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५०५ पटक

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ।

आज (मंगलबार) बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ १३ हजार ६०० जनाको मृत्यु कोरोना संक्रमणबाट भइसकेको छ।

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा छ। अमेरिका, ब्राजिल र रुसपछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा छन्।

प्रतिकृया दिनुहोस्