News Portal

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

रातोपोस्ट संवाददाता
५५१ पटक

काठमाडौं । कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ । विश्वका २१५ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका ३८ लाख ३१ हजार ७ सय ३१ जना कोरोना भाइरससँगको लडाइँ लडिरहेका छन् । कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा मात्र २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण युरोपेली मुलुकमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन् । यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ । एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ ।

एसियाली मुलुकहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित देखिएका छन् । यी मुलुकमा ५० हजारले ज्यान गुमाइसकेका छन् ।अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।

यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ९२४ लाख २४ हजार १ सय ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।छिमेकी मुलुक भारत बढी कोरोना संक्रमित राष्ट्रमध्ये चौथो नम्बरमा छ ।

संयुक्त राज्य अमेरिका, ब्राजिल र रसियापछि भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।पछिल्लो अपडेट अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ । १४ हजार जनाले ज्यान गुमाएका छन् ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

यीमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्