News Portal

राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

रातोपोस्ट संवाददाता
७८८ पटक

काठमाडौं, श्रावण ७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस भएको छ । सदस्य सचिवका लागि रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन् । त्यस्तै महिला सदस्यबाट सिफारिस भएकी अन्जु श्रेष्ठ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन् ।

मन्त्रालयको स्रोतमा अनुसार समितिले बुधबार नै तीन जनाको नाम मन्त्री समक्ष पुगेको हो । अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ ।

प्रतिकृया दिनुहोस्