News Portal

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो

रातोपोस्ट संवाददाता
५०३ पटक

एजेन्सी, साउन १६ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९६६ जना संक्रमित थपिएसँगै कूल संख्या १६ लाख ४० हजार पुगेकाे छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ४० हजार पुगेकाे छ । त्यहाँ कोरोनाका कारण ३५ हजार ७८६ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ७८३ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ संक्रमितको संख्या लगातार बढिरहेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १० लाख ५९ हजार ९३ जना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

अहिले पाँच लाख ४४ हजार ४७१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ। विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस्