News Portal

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा २५९ जना थपिए

रातोपोस्ट संवाददाता
३१४ पटक

काठमाडौं, साउन २०। नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५९ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ। आज ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै अहिलेसम्म नेपालमा १५ हजार २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएका छन्।

प्रतिकृया दिनुहोस्