News Portal

रुसले बनायो कोरोना भाइरसको भ्याक्सिन, राष्ट्रपतिकी छोरीमाथि सफल परीक्षण

रातोपोस्ट संवाददाता
६८७ पटक

एजेन्सी, साउन २८ । रुसले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भ्याक्सिन सफलता पूर्वक परीक्षण भएको घोषणा गरेका हुन् । राष्ट्रपति पुटिनले आफ्ना छोरीलाई कोराना भाइरसको संक्रमण भएको र उक्त भ्याक्सिन दिएपछि अहिले निको भएको बताए ।

‘मेरी छोरी कोरोनाबाट संक्रमित भएकी थिइन् । उनलाई यो खोप लगाइएको थियो । अहिले उनी ठिक छिन्’, उनले भने । मंगलबार उक्त भ्याक्सिन विश्वमा पहिलोपटक सार्वजनिक भएको खुसी साट्दै राष्ट्रपति पुटिनले कोरोनाभाइरस विरुद्ध खोप दर्ता गरिएको जानकारी दिए ।

‘आज संसारमा पहिलो चोटि रसियामा नयाँ भाइरसको खोप पत्ता लगाएको घोषणा गरेका छौं’, उनले भने । रसियाले कोरोनाभाइरसको खोप तुरुन्तै विकास गर्न कडा मिहिनेत गरेको थियो । रसियाले यस महिनाको सुरूमा ठूलो मात्रामा उत्पादन सुरु गर्ने र अर्को महिनामा प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्