News Portal

२४ घण्टामा ५९४ जनामा काेराेना सङ्क्रमण, ४ जनाकाे ज्यान गयाे

रातोपोस्ट संवाददाता
३५० पटक

काठमाण्डाै, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा दुई सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार ७७ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार नाै सय १३ जना छन् । यस्तै १४ हजार ६ सय ३८ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्