News Portal

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ अनिश्चितकालीन बन्द

रातोपोस्ट संवाददाता
६८२ पटक

रामेछाप, भदाै ३ । रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वडा नम्बर १२ काे वडा कार्यालय अनिश्चितकालीन बन्द भएको छ।

आज वडा अध्यक्ष कृष्णहरी अधिकारीले सुचना जारी गरी अनिश्चितकालीन बन्दकाे घाेषणा गरेका हुन । गत साउन ३० गते मन्थली नगरपालिकाका स्वास्थ शाखामा कार्यरत एकजना कर्मचारी कोरोना संक्रमित भए पश्चात् नगरपालिकाले सुचना जारी गर्दै पुर्ण रुपमा नगरपालिका बन्द रहने घाेषणा गरेको थियो ।

त्यसपश्चात नगरपालिकाले गत भदौ २ गते अर्को सूचना निकाल्दै बन्द रहेका सम्पुर्ण वडा कार्यालयहरुमा सुरक्षा मापदण्डअनुसार नियमित कार्यसञ्चालन गराउन सूचना जारी गरेकाे भाेलिपल्टै (आज) फेरि वडा नम्बर १२ का वडा अध्यक्षले सूचना जारी गर्दै भदौ ४ गतेदेखि अर्को सूचना जारी नभएसम्म आफ्नो वडा कार्यालय बन्द रहने बताएपछि वडाबासी अन्याेलमा परेका छन्।                     

यस्तो छ सुचना                                                     

प्रतिकृया दिनुहोस्