News Portal

भारतमा एकैदिनमा करिब ६९ हजारभन्दा बढीमा कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
४९२ पटक

काठमाडौं, भदौं ६ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्