News Portal

पोखरामा बालिका बलात्कार गर्ने व्यक्ति स्याङ्जाबाट पक्राउ

रातोपोस्ट संवाददाता
६७२ पटक

पोखरा, भदौ १५ । पाेखरामा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना पुरुष स्याङ्जाबाट पक्राउ परेका छन् ।

भदौ ११ गते पोखरा महानगरपालिका-१० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

बालिकाका अभिभावकले आफ्नै छिमकेका पुरुषले यस्ताे जघन्य अपराध गरेकाे उजुरी कास्की प्रहरीमा दिएपछि कास्की प्रहरीले गुपचुप रुपमा उनकाे खाेजी गरिराखेकाे थियाे ।

बलात्कारकाे घटना बालिकाकाे परिवारका सदस्यलाई थाहा भएकाे सुइँकाे पाएपछि अभियुक्त फरार भएका थिए ।

ती अभियुक्तलाई कास्की प्रहरीले आइतबार राति स्याङ्जाबाट पक्राउ गरी राति नै पोखरा ल्याइसकेको छ ।

प्रतिकृया दिनुहोस्