News Portal

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

रातोपोस्ट संवाददाता
४६२ पटक

काठमाडौं, भदौ १५ । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार ९आज० निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

अभिजितले ट्वीटरमा लेखेका छन्, ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड(१९ पोजिटिभ देखियो ।’

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रतिकृया दिनुहोस्