News Portal

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो

रातोपोस्ट संवाददाता
४१५ पटक

काठमाडौँ, भदौ २० । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०९६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६८ हजार ४७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८३ हजार ३४१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३९ लाख ३६ हजार ७४८ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३० लाख ३७ हजार १५२ जना उपचार पछि घर फर्केका छन् । त्यस्तै ८ लाख ३१ हजार १२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ६६ लाख ७९ हजार १४५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६९ हजार ७६५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्