News Portal

रिया चक्रवर्ती १४ दिन हिरासतमा, समर्थनमा उत्रियो बलिउड

रातोपोस्ट
९७० पटक

एजेन्सी, भदौ २४ । बलिउड अभिनेता सुशान्त सिंह राजपुत ‘आत्महत्या’ प्रकरण अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको उनकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायिक हिरासतमा राखिने भएको छ।

लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले उनलाई मंगलबार दिउँसो पक्राउ गरी अदालत पेस गरेको हो। एनसीबीले उनलाई प्रहरीको हिरासतमा नभई १४ दिन न्यायिक हिरासतमा राख्न माग गरेको थियो भने रियाको वकिलले भने जमानतमा रिहा गर्न माग गरेको थियो।

तर अदालतले जमानतमा रिहा गर्नुपर्ने माग खारेज गर्दै १४ दिन न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो। सुशान्त मृत्यु प्रकरणमा लागुऔषध कारोबारको कोणबाट अनुसन्धान गर्ने क्रममा रियालाई पछिल्लो तीन दिनयता बयान लिइरहेको थियो। त्यस क्रममा मंगलबार उनलाई गिरफ्तार गरिएको हो।

उनका भाइ शौविक चक्रवर्ती यसअघि नै पक्राउ परिसकेका छन्। रियासमेत एनसीबीले अहिलेसम्म १० जना पक्राउ गरिसकेको छ। यसैबीच भारतीय फिल्म क्षेत्र रियाको गिरफ्तारीकाे विरोधमा उत्रिएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिकृया दिनुहोस्