News Portal

आजबाट मौसममा क्रमिक सुधार हुने

रातोपोस्ट संवाददाता
४३६ पटक

काठमाडौं, असोज १० । केही दिनदेखिको निरन्तरको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमपुर्वान्मान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो ।

केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् । मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ ।

आज कर्णाली प्रदेश, सुदुर पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थोरै स्थानहरुमा मेग गर्जन र चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्