News Portal

कोरोनाका मेचीनगर फोकल पर्सनलाई संक्रमण

रातोपोस्ट संवाददाता
४६८ पटक

झापा, असोज २४ । मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ४ का वडाध्यक्षसमेत रहेका बराल कोभिड १९ का फोकल पर्सन हुन् ।

उनी मेचीनगरमा कोरोना नियन्त्रण गर्न अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । अञ्चल अस्पताल भद्रपुरको पीसीआर प्रयोगशालाबाट आज प्राप्त रिपोर्टमा बराल सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । स्वाब संकलन गर्नु अघि नै आफु होम आइसोलेशनमा बसेका कारण आफुमार्फत थप ब्यक्तिमा कोरोनाको संक्रमण हुन नदिन आफुले प्रयास गरेको बरालले बताए ।

कोरोना संक्रमणको बिषयमा आफु जस्तै अरुले समेत समुदायमा खुल्ने हो भने संक्रमण नियन्त्रण गर्न र रोकथामा मद्दत पुग्ने बरालले बताए । सावधानीका साथ आफु पूर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै होम आइसोलेशनमा नै रहेको समेत बरालले जानकारी दिए ।

आज कोरोना संक्रमण पुष्टि भएकाहरु समिति संयोजक बरालसहित वडा नं ७ का ३ जना, वडा नं १५ का १ जना, वडा नं २ का १ जना र ताप्लेजुङ ठेगाना भएका १ जना छन् । गत असोज २२ गते संकलन गरिएको स्वाबको परीक्षणको नतिजा आज प्राप्त भएको हो । आज ७ जनामा नयाँ संक्रमण देखिदा नगरमा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्