News Portal

बर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिर यो बर्ष नखुल्ने

रातोपोस्ट संवाददाता
८३८ पटक

काठमाडौं, ९ कात्तिक  । हनुमानढोका दरबार क्षेत्रमा  महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष नखुल्ने भएको छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाकै कारण नखोलिने दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिनेछ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो ।

तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस्