News Portal

विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टिनमा

रातोपोस्ट
६३० पटक

काठमाडौं, १७ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको जनाउँदै उनले आफू सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको छन्।

उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएको छन्। डब्ल्यूएचओको स्वास्थ्य प्रोटोकल पालना गर्दै आफू ‘वर्क फ्रम हाेम’ मा रहने उनले जनाएका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस्