News Portal

फुटबल स्टार म्याराडोनाको निधन

रातोपोस्ट संवाददाता
१०११ पटक

काठमाडौं, ११ मंसिर । अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षका म्यारोडनाको केही बेरअघि हृदयघातका कारण निधन भएको हो ।

अर्जेन्टिनी मिडियाहरुका अनुसार उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । तर, उपचार गरेर घर फर्किएका म्याराडोनाको ​आफ्नै घरमा निधन भएको हो । यसअघि मस्तिष्कमा रगत जमेपछि उनी अस्पताल भर्ना भएका थिए ।

फुटबलमा अहिलेसम्म राम्रा फुटबलरका रुपमा चिनिएका म्याराडोनाको अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए । उनले बोका जुनियर्स, नेपोली र बार्सिलोनाका लागि पनि फुटबल खेले ।

प्रतिकृया दिनुहोस्