News Portal

सूर्य चिन्ह कसको भन्ने भ्रम रहेन : प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
४२५ पटक

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सूर्य चिह्न कसको भन्ने भ्रम नरहेको बताएका छन् । संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन्।

प्रतिकृया दिनुहोस्