News Portal

  • आईपीएलमा मुम्बईको जित

    रातोपोस्ट संवाददाता
    १७४ पटक

    काठमाडौँ, १९ बैशाख । आईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ । दिल्लीमा शनिबार राति भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुर्नाल पाण्डय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डयले १६ रन जोडे । चेन्नईका साम कुरानले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

    चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त हुन सकेन । अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । रविन्द्र जडेजा २२ रनमा अविजित रहे । जितसँगै मुम्बई ७ खेलमा ८ अंकसहित तालिकाको चौंथो स्थानमा आएको छ । चेन्नई ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा यथावत छ ।

    प्रतिकृया दिनुहोस्