News Portal

इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा

रातोपोस्ट संवाददाता
३९९ पटक

काठमाडौँ, ९ असार । इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन १२औँ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । जितसँगै समूह ‘डी’ को शीर्ष स्थानको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो ।

चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । हारका बाबजुद चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

प्रतिकृया दिनुहोस्