News Portal

प्रधानमन्त्रीले फेरि संसद् विघटन गरे भने गिनिज बुकमा नाम लेखिनेछ : शर्मा

रातोपोस्ट संवाददाता
३३४ पटक

काठमाडौं,  १७ असार । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले पटकपटक प्रतिनिधि सभा विघटन गरेर नेपालको नाम गिनिज बुकमा लेख्ने अवसर आएको बताएका छन्।

बिहीबार सुरु भएको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुनियाँमा कहीँ पनि एउटा प्रधानमन्त्रीले दुई/दुई पटक संसद् विघटन गरेको इतिहास आफूले थाहा पाउन नसकेको बताए। ‘अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। यस्तो किसिमको स्थिति नआओस्। हामीलाई संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाएर देशको नाम लेख्नुपर्ने आवश्यकता छैन’, उनले भने।

उनले सरकारले ल्याइरहेको अध्यादेशको विरोध गरे। उनले संसद्को सर्वोच्चलाई आत्मसात गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्