News Portal

युरो कप : दोस्रो सेमिफाइनलमा आज इंगल्यान्ड र डेनमार्क भिड्दै

रातोपोस्ट संवाददाता
५२५ पटक

काठमाडौँ, २३ असार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् ।

इंग्ल्यान्ड र डेनमार्कबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । उक्त खेलको विजेता टोली उपाधिका लागि इटालीसँग भिड्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान बनाएको थियो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्