News Portal

वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई ज्योति विकास बैंकले दियो न्यानो कपडा

रातोपोस्ट संवाददाता
३२२ पटक

काठमाडाैँ, १२ मंसिर । ज्योति विकास बैंकले काठमाडौंको चन्द्रागिरीस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्ध–वृद्धाहरूलाई सहयोग गरेको छ । बैंकले वृद्धवृद्धाहरूलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको हो ।

आश्रममा एक कार्यक्रमको आयोजना गरी ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलीपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई संयुक्त रूपमा न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त सहयोग गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्