News Portal

ओलीले घोषणा गरेको पदाधिकारी टिममा को को परे

रातोपोस्ट संवाददाता
३४६ पटक

चितवन, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् ।

चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई उपाध्यक्ष बनाएका छन् ।

हेर्नुहोस् सूची

अध्यक्ष : केपी शर्मा ओलि

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङ

महासचिव : शंकर पोखरेल

उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल

सचिव : टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट
योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल

प्रतिकृया दिनुहोस्