News Portal

कांग्रेस अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चल्यो

रातोपोस्ट संवाददाता
३५३ पटक

सर्लाही, १३ मंसिर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाही जिल्लामा आज (सोमबार) पनि गोली चलेको छ। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो।

वडा अधिवेशनका क्रममा झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले बताए। डीएसपी बुढाथोकीका अनुसार झडपमा एक जना मतदान अधिकृत र केही प्रहरी घाइते भएका छन्।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता अमरेश कुमार सिंह र प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहबीच विवाद छ। विवादकै कारण आइतबार पनि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए। आइतबार भएकाे झडपमा मन्त्री सिंहका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ र सहयोगी रामचन्द्र महतो घाइते भएका थिए।

प्रतिकृया दिनुहोस्