News Portal

जनप्रिय साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा नेपाल

रातोपोस्ट संवाददाता
३९८ पटक

मेचीनगर, १३ मंसिर । जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पशुपती नेपाल चयन भएका छन् । मेचीनगर–१० स्थित धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको आगामी तीन बर्षे कार्यकालका लागि नेपाल अध्यक्षमा चयन भएका हुन् । मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्थाको १२ औं वार्षिक साधारणसभाले नेपालको नेतृत्वमा ९ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवास गुरुङ्ग र सचिवमा गंगाबहादुर मगर चयन भएका छन् ।

त्यसैगरी, समितिको सदस्यहरुमा खडकमाया गौतम, दिपक निरौला, तारा थापा, कात्तिकलाल राजवंशी र लोकबहादुर मगर सर्वसम्मत चयन भएका छन् । त्यस्तै, संस्थाको तीन बर्षे कार्यकालको लागि तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । जसमा लेखा समितिको संयोजकमा डिल्लीराम खनाल तथा सदस्यमा बसन्तीकुमारी लिम्बु र श्यामप्रसाद न्यौपाने चयन भएका छन् ।

संस्थाको अध्यक्ष बिष्णुकुमार लिम्बुको अध्यक्षतामा आयोजना भएको सभाको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र ओलीले पानसमा बत्ती बालेर गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि ओली, विशेष अतिथि राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, अतिथिहरु पूर्विद्वार साकोसका सचिव जित बहादुर खड्का, संस्थाका संस्थापक अध्यक्ष चन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बुले संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्ली खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्