News Portal

झापामा ७ जुवाडे पक्राउ

रातोपोस्ट संवाददाता
३४७ पटक

झापा, १४ मंसिर । झापाको दमक नगरपालिका ६, फाल्गुनन्द चोकमा रहेको परदेशी होटलमा तास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

होटल सञ्चालक ५० वर्षीय पवन लिम्बु, दमक १ का ३५ वर्षीय भक्तिश्वर देवान, दमक २ का ४५ वर्षीय प्रमोद लिम्बु, दमक ९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्बे, इलाम चुलाचुली १ का ४३ वर्षीय रुपचन्द्र राई र मोरङ पथरी शनिश्चरे १ का ४७ वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

उनीहरुबाट प्रहरीले तीन बुक ताससहित एक लाख ५७ हजार रुपैयाँसमेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकले विशेष सुराकीको आधारमा उनीहरुलाई खालबाटै पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्