News Portal

राप्रपाको महाधिवेशन आजदेखि सुरु, अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा

रातोपोस्ट संवाददाता
५८० पटक

काठमाडाैं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी महाधिवेशन आजदेखि सुरु हुँदैछ । बुधबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

यो महाधिवेशन तीन पार्टीको एकता भएपछि पहिलोपटक हुन लागेको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा देखिने छन् ।

राप्रपाका अन्य अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । महाधिवेशन मंसिर १७ गतेसम्म चल्ने राप्रपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्