News Portal

राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी

रातोपोस्ट संवाददाता
३४९ पटक

काठमाडाैं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन्। महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट महिला महामन्त्रीको कोटामा प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री बनेकी हुन्।

महाधिवेशनबाट राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बनेका छन् भने दुई जना खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी बनेका छन्।

त्यसैगरी, महिला उपाध्यक्ष रोशन कार्की विजयी बन्दा खुला तर्फबाट धवल शमशेर राणा र भुवन पाठक महामन्त्री बनेका छन्।
अध्यक्ष लिङ्देन र महामन्त्री धवल शमशेर राणाबाहेक अन्य सबै कमल थापा प्यानलका हुन् भने उपाध्यक्ष बनेका पाण्डे साझा उम्मेवार हुन्।

प्रतिकृया दिनुहोस्