News Portal

राप्रपा पदाधिकारीमा थापा प्यानलको वर्चस्व

रातोपोस्ट संवाददाता
३६० पटक

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग दुई सय मतान्तरले हारे पनि अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन् ।

लिङ्देनको टिममा थापा प्यानलको वर्चश्व देखिएको छ । राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन्। महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् ।

प्रतिकृया दिनुहोस्