News Portal

दुई वर्षपछि माेदी र पुटिनबीच फेस टु फेस भेटवार्ता हुँदै

रातोपोस्ट
३८२ पटक

एजेन्सी, २० मंसिर । अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अ‌ाज भेटवार्ता हुँदैछ । २१ अ‌ाैं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा साेमबार दुई नेताबीच भेटवार्ता हुन लागेकाे हाे ।

युक्रेनलाई लिएर पश्चिमा देशहरुकाे रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लिकाे भ्रमण गर्न लागेका हुन् । रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगकाे सम्बन्ध विस्तार गरेर रसियाले एसियामा अ‌ाफ्नाे पहुँच बढाउन चाहन्छ । ‘भारत दशकाैं पुरानाे साझेदार देश हाे । दुई देशका नेताबीच हुन लागेकाे शिखर भेटले राष्टपति पुटिन भारतसँगकाे सम्बन्धलाई थप महत्व दिन चाहन्छन् , ‘ उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जाेड दिएकाे उनकाे भनाई छ ।

सन् २००० मा पहिलाे पटक भारतकाे भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलाे भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए । सन् २०१९ काे नाेभेम्बरपछि पहिलाे पटक पुटिन र माेदीबीच फेस टु फेस भेट हुन लागेकाे भारतीय विदेश मन्त्रालयले जनाएकाे छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा, लगानीलगायतका क्षेत्रमा सम्झाैता हुनेछ ।

प्रतिकृया दिनुहोस्