News Portal

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक

रातोपोस्ट संवाददाता
३८६ पटक

काठमाडौं, २१ मंसिर । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो । सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ ।

यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्टकी प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची रहेका छन्।

सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन् । यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ । भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन् ।

प्रतिकृया दिनुहोस्