News Portal

भाेलिबाट हलमा ‘सकिन भुल्न तिमिलाई’ रिलिज हुँदै

रातोपोस्ट संवाददाता
६२४ पटक

काठमाडौं, २३ मंसिर ।देशभरकाे सिनेमा हलमा मंसिर २४ गते (भाेलि) देखि एकै साथ नेपाली कथानक चलचित्र ‘सकिन भुल्न तिमिलाई’ रिलिज हुँदैछ । राज बस्न्यातको निर्देशन रहेको चलचित्रमा पनाह अधिकारी, सुशान्त कार्की, राज बस्नेत, दिलिप थापा, भोज के.सि, रबि थापालगायत कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रको छायांकन बिनोद सापकोटा गरेका हुन् । काठमाडौं र पोखरामा छायांकन गरिएको यो चलचित्रको कथा र गीत लेखन पनाह अधिकारीले लेखेकी हुन् भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रमा समावेश भएका गीतमा संगीतकार जन्म राईको संगीत सुन्न सकिन्छ । चलचित्र सकिन भुल्न तिमिलाई करिब ५० लाख रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्