News Portal

अनेरास्ववियुद्धारा त्रिदेव क्याम्पसमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

रातोपोस्ट संवाददाता
८६८ पटक

झापा, २४ मंसिर ।अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीकाे आयाेजनामा २ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु भएकाे छ । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटी चारआलीको आयोजनामा मेचीनगर १३ मा रहेकाे त्रिदेव क्याम्पसमा २ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु भएकाे हाे ।

आज एक कार्यक्रमकाबीच अनेरास्ववियुका केन्द्रीय सचिव डम्बर अधिकारीले कार्यक्रमकाे उद्धघाटन गरेका थिए । विद्यार्थी नेता तथा कार्यक्रम संयोजक आशिष पौडेेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्रिदेब क्यापस स्ववियु सभापति लक्ष्मीप्रसाद न्यौपाने, क्यापस प्रमुख माधब प्याकुरेल, मेचीनगर- १३ का वडा अध्यक्ष कृष्ण सिक्देल, अनेरास्वियुका झापा जिल्ला सचिब रोशन लामा, अनेरास्ववियु बलाराम गिरि, योगेश भण्डारी, नारायन पोख्रेललगायतले शुभकामना दिएका थिए ।

विद्यार्थी नेता मञ्जु चिमरियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रदिप बिस्टले गरेका थिए । मंसिर २४ र २५ गतेसम्म सञ्चालन हुने तालिममा सन्तोष आचार्य र गोविन्द न्यौपानेले सहजीकरण गर्नु हुने कार्यक्रम रहेकाे संयोजक पौडेलले जानकारी दिए । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण लगायतको विषयमा प्रशिक्षण दिइने छ ।

प्रतिकृया दिनुहोस्