News Portal

कांग्रेस सभापति बन्न ३० हजार शुल्क, अन्य कुन पदमा कति ?

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडाैं, २५ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस्