News Portal

कांग्रेस महाधिवेशनमा निधिले गरे सभापति पदमा उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
३७७ पटक

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तरगर्त आज मनोनयनको दिन राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

‘मैले सभापति पदमा उम्मेदवारी दर्ता गरेर आएँ सुदृढ कांग्रेस बनाउन मलाई मत दिएर जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्दछु’ उनले भने । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ।

अहिलेसम्म शेखर कोइराला, कल्याण गुरूङ र प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । शेरबहादुर देउवा भने अझै पुगेका छैनन् ।

प्रतिकृया दिनुहोस्