News Portal

कांग्रेस सभापतिमा क–कसले दिए उमेदवारी ?

रातोपोस्ट संवाददाता
६२४ पटक

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।

देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।

संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरु असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्