News Portal

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन

रातोपोस्ट संवाददाता
४२२ पटक

काठमाडौँ, २६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार पनि धर्ना दिएको छ । आइतबार पनि बारको अगुवाईमा प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो ।

नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले कानुन व्यवसायीहरु मौन बस्दा प्रधानन्यायाधीश राणा चुपचाप बर्हिगमन नहुने भएकाले निरन्तर धर्ना दिइरहेको बताए ।

कानुन व्यवसायीले प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्