News Portal

वरिष्ठ उपाध्यक्ष दाबी गरेका नेम्वाङलाई बादलपछिको वरियता

रातोपोस्ट संवाददाता
३५५ पटक

काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरीयता निर्धारण गरेको छ । चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरीयता निर्धारण गरेको हो।

वरीयताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरीयतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि छन् ।

३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् । सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट पहिलो र दाेस्रोमा रहँदा त्यसपछि क्रमशः रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्।

प्रतिकृया दिनुहोस्