News Portal

बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

रातोपोस्ट संवाददाता
५५६ पटक

काठमाडाैं, २७ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

निको गोन्जालेजले १२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १४ औँ मिनेटमा ओसासुनाका डाभिड गार्सियाले १–१ गोल गदै खेललाई बराबरीमा ल्याए ।

खेलको ४९औँ मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।तर, खेलको ८७ औँ मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २–२ गोलको बराबरीमा फर्काए । बराबरीसँगै बार्सिलोना २४ अङ्कसहित आठौँ स्थानमा छ भने २२ अङ्क रहेको ओसासुना दशौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्