News Portal

धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप होः प्रचण्ड

रातोपोस्ट संवाददाता
४६९ पटक

काठमांडौ, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप भएको बताए छन् ।

माओवादी केन्द्रको सबै प्रदेश सम्मेलनलाई काठमांडौबाटै अनलाईन माध्यामबाट सम्बोधन गर्दै अध्यक्षले प्रचण्डले भने ‘धितोपत्र, आईएमएफ, विश्व बैंक, एसियाली बैंक जस्था संस्थाहरु हामिले बैंक जस्ता ठान्छौ तर वास्तवमा यी संस्थाहरु त्यस्ता होइनन् यिनिहरु त साम्राज्यवादका विकसित रुपहरु हुन् ।’

‘पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु हो उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको छ । अहिले धितोपत्र बोर्ड, सट्टा बजार, आई एम एफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं । तर, त्यस्तो होइन्। यसरी सेयर बजारमा लगानी गर्नु सामराज्यवादका विकसित रुप हुन्, प्रचण्डले भने ।

अहिले बैंकहरुले सिधै घर जग्गामा लगानी गरेर आम्दानी गर्छन अहिले सबै प्रकारका संस्था र कम्पनीहरु उत्पादनमा भन्दा पनि सट्टाबजारमा लगानी गर्न लागेको प्रचण्डको तर्क छ ।

प्रतिकृया दिनुहोस्