News Portal

३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५६० पटक

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०४१६ पीसीआर परीक्षणमा २८२० एन्टिजेन परीक्षणमा गरी कुल १३२३६ जनाको परीक्षणमा ३४१मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ७ हजार १७४ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ ।

प्रतिकृया दिनुहोस्